Kathmandu Press

पिएम कपमा पुलिसका लागतार सातौं जित, बागमती ९३ रनले पराजित

बिहीबार एक्स्ट्रा टेक ओभलमा भएको खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेपछि पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो।
पिएम कपमा पुलिसका लागतार सातौं जित, बागमती ९३ रनले पराजित

काठमाडाैं, चैत ७ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लबलले आफ्नो जितको यात्रालाई सातौं खेलसम्म निरन्तरता दिएको छ। 

बिहीबार एक्स्ट्रा टेक ओभलमा भएको खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेपछि पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो।

पुलिसले दिएको २९८ रनको ठूलो लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २०४ रनमै अलआउट भयो। उसका लागि इशान पाण्डेले सर्वाधिक ७० रन बनाए । उनले ९८ बलमा ६ चौका प्रहार गरे।  

यस्तै, शुभ कंसाकारले ३६ तथा बिपिन आचार्यले २० रन बनाए। बलिङमा पुलिसका ललित राजवंशीले ४ तथा कुशल भुर्तेलले ३ विकेट लिए। करण केसीले पनि २ विकेट लिए।

त्यअसघि पहिला ब्याटिङ गरेको पुलिसले कुशल र दीपेन्द्रको अर्धशतक मद्दतमा ८ विकेटको क्षतिमा २९७ रन बनाएको थियो। कुशलले ९८ बलमा ११ चौका मद्दतमा ८८ रन बनाउँदा दीपेन्द्रले ४६ बलमा ४ चौका र ३ छक्का मद्दतमा ६० रन बनाए। 

यस्तै, अमित श्रेठले ५१ बलमा ४८ रन बनाउँदा आरिफ सेखले ४६ बलमा ३८ रनको योगदान दिए। बलिङमा बागमतीका प्रतिश जिसीले ३ विकेट लिए।

अपराजित टिम पुलिसले ७ खेल जित्दै १४ अंक जोडेको छ र फाइनल खेल्ने लगभग निश्चित भइसकेको छ। बागमतीले भने ६ खेलमा २ जित मात्र निकालेको छ ।

प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, चैत ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्