Kathmandu Press

पोखरा महानगरका अधिकृत गिरी घुससहित समातिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरका अधिकृत कपिल गिरीलाई २५ हजार रुपैयाँ घुस रकम लिँदै गर्दा पक्राउ गरेको हो। 
पोखरा महानगरका अधिकृत गिरी घुससहित समातिए

कास्की, चैत ७ : पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुस रकमसहित रंगेहात समातिएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरका अधिकृत कपिल गिरीलाई २५ हजार रुपैयाँ घुस रकम लिँदै गर्दा पक्राउ गरेको हो। 

पोखरा महानगरपालिकाको गेटबाट गिरीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। पक्राउपछि अख्तियारले अनुसन्धान पक्रिया अगाडि बढाएको छ। 

पक्राउ परेका गिरी पोखरा महानगरपालिका विरुद्ध अख्तियारमा परेको उजुरी फर्छयौट समन्वय अधिकृतको जिम्मेवारीमा समेत थिए।

उनले अख्तियारमा परेको उजुरी मिलाइदिने नाममा घुस रकम लिएका थिए । एक लाख रुपैयाँ माग गरेकोमा २५ हजार रुपैयाँ घुस रकम बुझेको जनाइएको छ।

गिरीलाई शुक्रबार अदालताट म्याद लिएर थप अनुसन्धान गर्ने तयारी छ। 
 
प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, चैत ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्