समझदारीमार्फत ‘इपिजी’ प्रतिवेदन बुझ्ने प्रयत्न जारी छ : प्रधानमन्त्री
‘समझदारीमार्फत दुवै पक्षबाट यो प्रतिवेदन बुझ्नेतिर हामी लाग्नेछौँ’, ' प्रधानमन्त्री ओलीले भने।
काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्न सरकार प्रयत्नशील रहेको बताएका छन्।
प्रतिनिधिसभाकोे बैठकमा विहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले उक्त जानकारी गराएका हुन् । उनले नेपाल र भारत दुवै पक्षको समझदारीमार्फत इपिजीे प्रतिवेदन बुझ्ने बताए।
राप्रपा सांसद बुद्धिमान तामाङको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।
उनले इपिजी प्रतिवेदन बुझ्ने सम्बन्धमा यसअघिका भेटघाटमा मित्रराष्ट्र भारत सरकारको उच्च तहमा यो विषय उठाइएको पनि बताए ।
उनले सुरुमा भारतका प्रधानमन्त्रीलाई र त्यसपछि मात्र नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने समझदारी भएको जानकारी पनि प्रतिनिधि सभामा दिए।
‘समझदारीमार्फत दुवै पक्षबाट यो प्रतिवेदन बुझ्नेतिर हामी लाग्नेछौँ’, प्रधानमन्त्री ओलीले भने।
दुवै पक्षको समझदारीमार्फत प्रतिवेदन बुझ्ने जानकारी पनि ओलीले गराए।
अर्को एक सन्दर्भमा ओलीले नेपालको इस्वी संवत् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भूभागको चुच्चे नक्सा हाल कायम रहेको र यही नक्सा नै यथार्थ भएको बताए ।
प्रधानमन्त्रीले संसदमा भने, ‘विसं २०१७ अघिसम्म देशको नक्सा अहिलेकै जस्तो थियो, त्यसपछि फेरियो । २०७७ असार ४ गते संविधानको दोस्रो संशोधनमार्फत संविधानको अनुसूची ३ मा रहेको नेपालको निशानाछाप अद्यावधिक गरियो।’