Kathmandu Press

पद्मकन्यामा स्ववियु निर्वाचनको मतदान सकियो, मत गणनाको तयारी 

 पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनका लागि विहीबार भएको मतदान सम्पन्न भएको छ। 
पद्मकन्यामा स्ववियु निर्वाचनको मतदान सकियो, मत गणनाको तयारी 

काठमाडौं, चैत ७ : पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनका लागि विहीबार भएको मतदान सम्पन्न भएको छ। 

गत चैत ५ गतेका लागि तय भएको निर्वाचनमा विवाद उत्पन्न भएपछि सारिएको थियो।

कुल ६ हजार दुई तीन मतदातामध्ये १५ सय ९६ मत खसेको निर्वाचन समितिले जनाएको छ।

सर्वदलीय बैठकपछि साँझ ६ बजेदेखि गणना थालिने भएको छ। निर्वाचनमा नेविसंघबाट आधिकारिक रुपमा पुर्णिमाया परियारको प्यानल छ भने भूपी ऐर विद्रोहीबाट उठेकी छन्।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सुनिता घिमिरे सभापतिको उम्मेदवार बनेकी छिन्। 

यस्तै, नेकपा एस निकट अनेरास्ववियू र विप्लव निकट नेकपाको अलग्गै प्यानलले निर्वाचनमा प्रतिश्पर्धा गरेको छ । उक्त प्यानलबाट अनेरास्ववियूकी प्रजिना दर्नाल प्रतिश्पर्धामा भिडेकी छन् । 

 

प्रकाशित मिति: १८:०२ बजे, बिहीबार, चैत ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्