Kathmandu Press

नेप्से निरन्तर ओरालोतिर

आज ६२ कम्पनीको मूल्य बढ्दा एक सय ७५ को घटेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर छ।
नेप्से निरन्तर ओरालोतिर

काठमाडौं, चैत ७ : शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो।

आज नेप्से परिसूचक १२.८४ अङ्कले घटेर २६६९.३१ को विन्दुमा कायम भएको छ।

आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर ५५ हजार ४७६ पटक खरिद बिक्री हुँदा चार अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ बराबरको कारोबार भएको हो।

आज ६२ कम्पनीको मूल्य बढ्दा एक सय ७५ को घटेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर छ।

आज व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ६.९० प्रतिशतले बढेको छ।

प्रकाशित मिति: १७:४२ बजे, बिहीबार, चैत ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्