Kathmandu Press

खोटाङमा भेटियो दुर्लभ रेडपाण्डा

२ हजार ७ सय ८१ मिटरको उचाइमा रेडपाण्डा भेटिएको दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईले बताए।
खोटाङमा भेटियो दुर्लभ रेडपाण्डा

काठमाडौं, चैत ७ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएको छ।नगरपालिकाको टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएको हो।

२ हजार ७ सय ८१ मिटरको उचाइमा रेडपाण्डा भेटिएको दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईले बताए।

विभिन्न समूहमा विभाजित भएर खोजी गर्ने क्रममा रुखमा सुतिरहेको अवस्थामा रेडपाण्डा भेटिएको उनले बताए।

भेटिएको रेडपाण्डा करिब दुई वर्ष छ महिनाको भाले भएको मेरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पल्लवसिंह राईले जानकारी दिए। उक्त वनमा करिब पाँच वटा रेडपाण्डा हुन सक्ने अनुमान गरिएको छ।

रेडपाण्डाले विशेष गरी मालिंगो बाँसको टुसा खान मन पराउने हुनाले मालिंगो भएको क्षेत्रमा बढी भेटिने स्थानीय बताउँछन्।

प्रकाशित मिति: १६:०७ बजे, बिहीबार, चैत ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्