Kathmandu Press

संसदमा प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भयो : प्रभु साह

उनले गौर हत्याकाण्डका दोषीहरुमाथि अहिलेसम्म कारबाही नभएको विषयमा पनि सरकारको ध्यानाकार्षण गराएका छन्।
संसदमा प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भयो : प्रभु साह

काठमाडौं, चैत ७ : आम जनता पार्टीका सांसद प्रभु साहले संसदमा हुने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको भन्दै प्रश्न उठाएका हुन्।

‘आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ। सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहीन छ। यो कार्यसूचिबाट हटाईयोस भनेर माग गर्दछु । देवताले बास नगरेको मन्दिरको अर्थ हुँदैन, देवीले प्राण त्यागेपछि मूर्तिको पनि के अर्थ? त्यस्तै प्रश्नको उत्तर नै नआएपछि प्रश्नोत्तर कार्यक्रमको के अर्थ, मैले यसअघि सोधेको प्रश्नको उत्तर सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएन,’ उनले भने, ‘प्रभु साहको सवाल होईन, सवाल प्रश्नोत्तर कार्यक्रमको हो। सिंगो सदनको सवाल हो। सम्माननीय सभामुज्यूको पनि सम्मानको सवाल हो। संसदीय नियामावलीको हो। त्यसप्रति उत्तरदायी हुन सक्नुपर्दथ्यो, त्यसकारण आजको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाउन आग्रह गर्दछु। यदि कार्यसूचिबाट हटाइएन भने म यो कार्यक्रम बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु।’

उनले गौर हत्याकाण्डका दोषीहरुमाथि अहिलेसम्म कारबाही नभएको विषयमा पनि सरकारको ध्यानाकार्षण गराएका छन्।

उनले सरकारले पटक पटक पीडित परिवारसँग सम्झौता गर्ने गरेको र तर ती सम्झौत कार्यान्वयन नगरेको भन्दै गुनासो पनि पोख।

 

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, चैत ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्