Kathmandu Press

पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरुको मुटु–कलेजो हल्लियो : ज्ञानेन्द्र शाही

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा फर्किँदैनन् भन्नेहरुले जनतालाई माक्र्स, लेलिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन्।
पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरुको मुटु–कलेजो हल्लियो : ज्ञानेन्द्र शाही

काठमाडौं, चैत ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाइसकेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा फर्किँदैनन् भन्नेहरुले जनतालाई माक्र्स, लेलिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन्।

Hardik ivf

‘राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ। गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन । त्यो चाहीँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नु भएको छ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो,’ उनले भने, ‘कसैका विरुद्धको आन्दोलनमा होइन। स्वागत गर्दाखेरी त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाइँहरुको विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ । यो कुरा याद गरेर संसदमा आवाज उठाइँदा विचार पुर्याइयोस्।’

पूर्वराजालाई राष्ट्रिय झण्डामुनि स्वागत गर्दा दलहरुको मुटु, कलेजो हल्लिएको उनले टिप्प्णी गरे।

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, चैत ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्