Kathmandu Press

वनमा डढेलो लगाउने थप एकजना पक्राउ

सो कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वनमा डढेलो लगाउने थप एकजना पक्राउ

रामेछाप, चैत ६ : रामेछापमा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

गत सोमबार गते साँझ रामेछाप नगरपालिका–२ देउरालीको सिरुवारी स्थित भिरपाखामा आगो लगाइरहेको अवस्थामा सोही स्थानका ७२ वर्षीय हरिबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेको अनुसार मगरलाई अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा पठाइएको छ।

सो कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाका सामुदायिक वनमा आगो लगाउने क्रम सुरु भएपछि प्रहरीले निगरानी बढाएको छ।

सोही क्रममा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरबाट पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरू माथि पनि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १८:०० बजे, बुधबार, चैत ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्