Kathmandu Press

निराशाजनक प्रदर्शनपछि युगान्डाबाट फर्कियो महिला क्रिकेट टिम

परिणाम ल्याउन नसके पनि राम्रो क्रिकेट खेलेको कप्तान इन्दू बर्माकाे दाबी
निराशाजनक प्रदर्शनपछि युगान्डाबाट फर्कियो महिला क्रिकेट टिम

काठमाडाैं,  चैत ६ : वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलेर नेपाली  महिला क्रिकेट टिम युगान्डाबाट फर्किएको छ। नेपाली टिम बुधबार बिहान फर्किएको हो।  

सिरिजमा नेपालले खराब प्रदर्शन गरेको थियो। चार खेल सम्मिलित सिरिजमा नेपाल चौथो भएको थियो। नेपालले कुल ७ खेलमा २ खेल मात्र जित्न सकेको थियो। जसमा नेपालले युगान्डा र हङकङलाई १–१ खेलमा हराएको थियो।

यता, नेपाल नामिबियासँग दुवै खेलमा पराजित हुँदा युगान्डा र हङकङलाई १–१ खेलमा पराजित भयो। सिरिजमा नेपाली टिमले निकै खराब ब्याटिङ गरेको थियो। नेपालले अधिकांश खेलमा १ सय रन पनि बनाउन सकेको थिएन।  

यता, कप्तान इन्दू बर्माले परिणाम ल्याउन नसके पनि राम्रो क्रिकेट खेलेको बताएकी छिन्। उनले आफ्नो तर्फबाट एकदमै राम्रो क्रिकेट खेलेको बताउँदै तर परिणाम राम्रो आउन नसकेको उल्लेख गरिन्। 

विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सुरुवातदेखि नै राम्रो खेलेको भए जित्न सकिने भन्दै त्यसमा आफ्नो पनि केही गल्तीहरु भएको बताइन्।  

‘समग्रमा प्रतियोगिता एकदमै राम्रो नै भयो, हामीले परिणाम ल्याउन सकेनौ भन्ने कुरा हो । हामीले आफ्नो तर्फबाट एकदमै राम्रो क्रिकेट खेलेका हौ तर परिणाम राम्रो आउन सकेन्,’ उनले  भनिन्, हामीले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिन्थ्यो होला मेरो आफ्नो पनि केही गल्ती थियो होला।’
यस्तै, नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले खेलको क्रममा भएका सानासाना गल्तीले गर्दा हार व्यहोर्नु परेको बताए। 

प्रकाशित मिति: १३:०० बजे, बुधबार, चैत ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्