Kathmandu Press

मकवानपुर क्याम्पसमा नेविसंघसँग मिलेर अनेरास्ववियुले फर्कायो बिरासत

मकवानपुर क्याम्पसमा नेविसंघसँग मिलेर अनेरास्ववियुले फर्कायो बिरासत

मकवानपुर, चैत ६ : स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्रसिद्ध रेग्मी विजयी भएका छन्।

नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६ मत सहित विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए। उनी यस अघिका सभापती समेत हुन्।

सचिवमा नेविसंघका उत्सव ढुंगाना ७११ मत सहित विजयी बन्दा उनका अखिल क्रान्तिकारीका दिपेश कार्किले ५४४ मत प्राप्त गरे। कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत ल्याएका थिए।

सदस्य तर्फ पनि गठवन्धनकै मनोज घलान, उमेश चौधरी,दिवश चापागाईं, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, विवश अर्याल तथा अतीत अधिकारी विजयी भए।

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएसँगै अनेरास्ववियुले ३ वर्षअघि गुमेको बिरासत फिर्ता ल्याएको हो।

प्रकाशित मिति: १२:११ बजे, बुधबार, चैत ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्