Kathmandu Press

जुम्ला स्ववियु सभापतिमा लोकेन्द्र बुढा विजयी

बुढाका निकटम प्रतिदोन्दी अखिल (क्रान्तिकारी)का जयकृष्ण जैसीलाई नौ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन्।
जुम्ला स्ववियु सभापतिमा लोकेन्द्र बुढा विजयी

जुम्ल, चैत ६ : जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा निर्वाचन बाट विजयी भएका छन्।

संगलबार गते सम्पन्न निर्वाचनबाट एक सय १४ मत प्राप्त गरी बुढा सभापतिमा निर्वाचित भएका हुन्।

बुढाका निकटम प्रतिदोन्दी अखिल (क्रान्तिकारी)का जयकृष्ण जैसीलाई नौ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन्। निर्वाचित बुढाले १ सय १४ मत प्राप्त गर्दा प्रतिष्प्रर्धी जैसीले एक सय  नौ मत प्राप्त गरेका छन् । जसमा नेविसंघका खेमराज आर्चायले ८८ मत प्राप्त गरेका छन्।

कूल मतदाता संख्या तीन सय ३४ रहेकोमा तीन सय १८ मत खसेको थियो। त्यसैगरी सचिवमा नेविसंघका दत्तराज रावत विजयी भएका छन्। उनले ९४ मत प्राप्त गरे। 

सचिवका प्रतिस्प्रर्धी अनेरास्ववियूका नवराज भण्डारीले ८६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियूकै बीन बहादुर रावत विजयी भएका छन् । रावतले एक सय सात मत प्राप्त गरी निर्वाचित हुँदा नेविसंघका सरला उपाध्यायले ९८ मत प्राप्त गरेकी छन्।

यस्तै सदस्यमा नेविसंका प्रविण बुढ्थापा (१४६), अनेरास्ववीयूका सुर्जा रावल (११९), नेविसंका राष्टु थापा (१०३), अखिल (क्रान्तिकारी)का टोपबहादुर बोहोरा (१०३) र अनेरास्ववियूका हिमाली धिताल (९७) मत प्राप्त गरी विजयी भएको निर्वाचिन अधिकृत पदमबहादुर शाहीले बताए।
 

प्रकाशित मिति: ११:०५ बजे, बुधबार, चैत ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्