Kathmandu Press

गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका हुन्।
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

गोरखा, चैत ६ : गोरखा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरू विजयी भएका छन्। 

नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका हुन्।

अम्गाईले २०९ मत ल्याए भने नेविसंघका रचन परियारले १६१ मत ल्याए । त्यस्तै सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित भएका छन्। उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन्।

Hardik ivf

कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै आयुषा अर्याल विजयी बनेकी छन्। अर्यालले २०६ मत ल्याएकी छन् भने नेविसंघकी सविना गुरुङले १६४ मत ल्याएकी छन्।

सदस्यहरूमा पनि अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् । 

यस्तै, द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलै विजयी भएको छ। मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका हुन्।

अखिल क्रान्तिकारीका सचिन खनाललाई १४ मतले पछि पार्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार श्रेष्ठले २१६ मत ल्याएका छन् भने खनालले २०२ मत ल्याए।

त्यस्तै सचिवमा नेविसंघका सुप्रिज बस्नेत निर्वाचित भएका छन्। अखिल क्रान्तिकारीका एलन गुरुङलाई मात्र १ मतले पछि पार्दै बस्नेत विजयी बनेका हुन्। बस्नेतले २०७ मत ल्याएका छन् भने गुरुङले २०६ मत ल्याएका छन्।

त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अनुप सिंखडालाई पराजित गर्दै अनेरास्ववियुका असिम श्रेष्ठ निर्वाचित भएका छन् । सिखंडाले १८३ मत ल्याउँदा श्रेष्ठले २२६ मत ल्याएका छन् ।
सदस्यहरूमा युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दीप कार्की र बिपना कोइराला विजयी बनेका छन् ।
 

प्रकाशित मिति: ११:०३ बजे, बुधबार, चैत ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्