Kathmandu Press

विकास योजनालाई समयमै सम्पन्न गर्न र गुणस्तरीयतालाई ध्यानदिन पूर्वमन्त्री शर्माको आग्रह

यहाँ  पर्यटन मन्त्रालयको बजेटबाट स्थानीय तहमार्फत ५३ लाखमा पर्खाल निर्माण भइरहेको छ।
विकास योजनालाई समयमै सम्पन्न गर्न र गुणस्तरीयतालाई ध्यानदिन पूर्वमन्त्री शर्माको आग्रह

दाङ, चैत ५ :  पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास योजनालाई समयमै सक्न र गुणस्तरीयतालाई ध्यान दिन सम्बन्ध पक्षलाई आग्रह गरेकी छन्।

दाङ क्षेत्र नं २ मा संघीय सरकारको बजेटबाट निर्माणाधीन विभिन्न विकास योजनाको अनुगमनका क्रममा आज उनले आफ्नो ठाउँको विकासका लागि स्थानीयावासीले योजना माग गरेजस्तै अब समयमै सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न पनि ध्यान दिनुपर्ने बताइन्।

Hardik ivf

पूर्वमन्त्री शर्माले तुलसीपुर उपमहानगरपालिका क्षेत्रका योजनाको अनुगमन गरिन्।  उपमहानगरपालिका–१८, १६ तथा घोराही उपमहानगरपालिका–९, १४ र १८ मा निर्माणाधीन सडक, घोराही १३ मा निर्माणाधीन भूपु सैनिक संगठनको बहुउद्देश्यीय भवन र घोराही १८ मा निर्माणाधीन नेपाल मगर सङ्घको मगर सांस्कृतिक भवन र घोराही १४ झिंगौरास्थित हरियाली पार्कको पनि उनले अनुगमन गरिन्।

यहाँ  पर्यटन मन्त्रालयको बजेटबाट स्थानीय तहमार्फत ५३ लाखमा पर्खाल निर्माण भइरहेको छ।

पार्कभित्र निर्मित सहिदहरुको प्रतिमाको तीन वर्ष अघि अज्ञात व्यक्तिले तोडफोड गरेकाले यसको पनि पुनःनिर्माण गरिने छ।

अनुगमनका क्रममा उनले सडक विभाग, सघन सहरी कार्यालयलगायत विकास योजना हेर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र अधिकारी तथा स्थानीय उपभोक्तासँग छलफल गरेका थिए।

प्रकाशित मिति: २०:५४ बजे, मंगलबार, चैत ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्