Kathmandu Press

मन्त्रिपरिषद् बैठक जारी, आइजिपी नियुक्तिबारे निर्णय हुने सम्भावना

आजको बैठक नियमित हो। 
मन्त्रिपरिषद् बैठक जारी, आइजिपी नियुक्तिबारे निर्णय हुने सम्भावना
फाइल तस्बिर।

काठमाडौं, चैत ४ : मन्त्रिपरिषद् बैठक जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न मन्त्रिपरिषदको बैठक बसिरहेको छ। बैठक ६ बजेदेखि सुरू भएको हो। 

आजको बैठक नियमित हो। 

यद्यपि सोमबारको बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गर्ने निर्णय गर्ने सम्भावना छ।

प्रहरी महानिरीक्षक बसन्त कुँवर ३० वर्षे सेवा अवधिका कारण सोमबार बिदाइ भएका छन्।

एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङबाट एक जना प्रहरी महानिरीक्षक नियुक्त हुनेछन्। 

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, चैत ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्