Kathmandu Press

ललितको घातक बलिङमा पुलिसको लगातार पाँचौं जित

ललितले घातक बलिङ गरेपछि १६१ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९  रनमै समेटियो।
ललितको घातक बलिङमा पुलिसको लगातार पाँचौं जित

काठमाडाैं, चैत ४ : ललित राजवंशीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आफ्नो लयलाई कायमै राखेका छन्। पिएम कपका ५खेलमा २१ विकेट लिएका ललितले पछिल्ला ३ खेलमा मात्रै १९ विकेट लिएका छन्।  

तेस्रो खेलमा एपिएफविरुद्ध ७ विकेट लिएका ललितले चौथो खेलमा मधेश प्रदेशविरुद्ध ६ विकेटका लिएका थिए। यस्तै, उनले सोमबार भएको खेलमा सुदूरपश्चिमविरुद्ध पनि ६ विकेट लिए।

Hardik ivf

ललितले घातक बलिङ गरेपछि पिएम कपमा पुलिसले लगातार पाँचौं जित निकालेको छ। सिद्धार्थ क्रिकेट मैदानमा भएको  खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ६१ रनको सहज जित निकाल्यो।  

ललितले घातक बलिङ गरेपछि १६१ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९  रनमै समेटियो। उसका लािग शेर मल्लले सर्वाधिक ३२ रन बनाउँदा मिलन बोहराले २३ तथा टेक रावतले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

सुदूरपश्चिमलाई धरासयी बनाउनेक्रममा ललितले ७ ओभरमा १५ रन मात्र खर्चेर ६ विकेट लिए। यस्तै, सागर ढकालले २ र करण केसी १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले पनि राम्रो ब्याटिङ गर्न सकेन। उनले ४७ ओभरमा अलआउट हुँदै १६० रनमात्र बनाउन सक्यो। उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन बनाउँदा आरिफ सेखले ४० रन बनाए। सागर ढकालले २२,  दिलिप नाथले १९ र अमित श्रेष्ठले १८ रन बनाए।  

बलिङमा सुदूरपश्चिमका सूर्य श्रेष्ठले ४ विकेट लिँदा भोजराज भट्टले ३ र शेर मल्लले २ विकेट लिए।

यो जितसँगै डिफेन्डिङ च्याम्पियय पुलिस १० अंकसहित शीर्ष स्थानमा छ। यता, सुदूरपश्चिमको ५ खेलमा चौथो हार हो। ऊ २ अंकसहित पुछारमा छ।

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, चैत ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्