Kathmandu Press

गभर्नर अधिकारी मंगलबारबाट विदा बस्ने, कामुको जिम्मा ढुंगानालाई  

अधिकारी विदामा बस्ने भएपछि कायममुकायम जिम्मेवारी डेपुटी गभर्नर डा.नीलम ढुंगानालाई दिइएको छ। 
गभर्नर अधिकारी मंगलबारबाट विदा बस्ने, कामुको जिम्मा ढुंगानालाई  

काठमाडौं, चैत ४ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मंगलबारबाट विदा बस्ने भएका छन्। 

अधिकारी विदामा बस्ने भएपछि कायममुकायम जिम्मेवारी डेपुटी गभर्नर डा.नीलम ढुंगानालाई दिइएको छ। 

अधिकारीको कार्यकाल चैत २४ गते सकिने भए पनि कानुन वमोजिम दश दिन अनिवार्य विदामा बस्न लागेका हुन्। अधिकारीले ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गरे। 

उनी विदामा बस्ने भएसँगै राष्ट्र बैंकको नयाँ गभर्नरका विषयमा चर्चा सुरु भएको छ। 

प्रकाशित मिति: १६:४० बजे, सोमबार, चैत ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्