Kathmandu Press

कीर्निमानसहित निर्मला बनिन् अल्ट्रा रनिङ च्याम्पियन

१६० किलोमिटर लामो यो रेस निर्मलाले कीर्तिमानसहित जितिन्। निर्मलाले निर्धारित दुरी ३३ घण्टा २९ मिनेट ५० सकेन्डमा पुरा गरिन्।
कीर्निमानसहित निर्मला बनिन् अल्ट्रा रनिङ च्याम्पियन

काठमडाैं, चैत ४ : नेपाल आयोजना हुने सबैभन्दा लामो दुरीको ‘अल्ट्रा रनिङ’को उपाधि निर्मला राईले जितेकी छिन्।

१६० किलोमिटर लामो यो रेस निर्मलाले कीर्तिमानसहित जितिन्। निर्मलाले निर्धारित दुरी ३३ घण्टा २९ मिनेट ५० सकेन्डमा पुरा गरिन्।

स्वयम्भुको सिंगल ट्रिबाट सुरु भएर त्यहीँ आएर सकिएको यो रेसमा ३६ घण्टा ४९ मिनेट २३ सेकेन्टमा निर्धारित दुरी पार गर्दै जोइ स्कोरिच दोस्रो भइन भने अनिता राई तेस्रो भइन्। उनले निर्धारित दुरी ३७ घण्टा ४ मिनेट ५ सकेन्टमा पुरा गरिन्।

खोटाङकी निर्मला उदीयमान अल्ट्रा धाविक हुन्। उनले नेपालभित्रै र बाहिर हुने अल्ट्रा रेसमा सहभागीता जनाउँदै बनाएकी छिन्। उनले नेपालमा भएका धेरैजसो अल्ट्रा रेसमा कीर्तिमान बनाएकी छिन्।

उनी यसै वर्ष हङकङमा भएको १०३ किलोमिटल लामो ‘एचके १०० रनिङ’मा टप ६मा पर्न सफल भएकी थिइन्। 

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, चैत ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्