Kathmandu Press

सुदुरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीको धर्ना

स्थानीय तहका कर्मचारीले धर्ना दिएका हुन्। कर्मचारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटमा धर्ना सुरू गरेका छन्।
सुदुरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीको धर्ना

कैलाली, चैत ४ : सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गनै माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिइएको छ।

स्थानीय तहका कर्मचारीले धर्ना दिएका हुन्। कर्मचारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटमा धर्ना सुरू गरेका छन्।

‘स्थानीय तह कर्मचारी संघर्ष समिति’ बनाएर आन्दोलन सुरु गरिएको हो। समितिले होलीको सार्वजनिक बिदामा आन्दोलन रोकेको थियो। 

कर्मचारीले ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुपर्ने माग राखेका छन्। 
 
प्रकाशित मिति: १५:११ बजे, सोमबार, चैत ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्