Kathmandu Press

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सयबढी घाइते

स्थानीय समयानुसार आइतबार बिहान कोकानीस्थित क्लबको स्टेजमा प्रस्तुति दिइरहेका ब्यान्डले प्रयोग गरेको आतिशबाजीका कारण आगो फैलिएको बताइएको छ। 
म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सयबढी घाइते

स्कोपिया, चैत ४ : उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएको छ। आगलागीमा घाइते भएका एकसय बढीलाई अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन्। 

स्थानीय समयानुसार आइतबार बिहान कोकानीस्थित क्लबको स्टेजमा प्रस्तुति दिइरहेका ब्यान्डले प्रयोग गरेको आतिशबाजीका कारण आगो फैलिएको बताइएको छ। 

Hardik ivf

क्लबको सम्पूर्ण भवनमा बाहिर निस्कने एउटा मात्र गेट रहेकाले कोलाहल समेत मच्चिएको थियो। अधिकारीहरूले क्लब अवैध रूपमा सञ्चालन भइरहेको र क्षमताभन्दा धेरै मानिसहरू रहेको बताएका छन्। 

स्थानीय प्रहरीले कम्तिमा १५ जनालाई सोधपुछको लागि हिरासतमा लिइएको छ र घट्नाको थप अनुसन्धान गरिरहेका छन्। 

घटनापछि आगलागीमा ज्यान गुमाएकाहरूको सम्मानमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ। 

उत्तरी म्यासेडोनियाले सात दिनको शोक घोषणा समेत गरेको छ।

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, चैत ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्