रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
‘रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरु आम जनतालाई सन्देश दिनुपर्ने त्यतिकै खाँचो छ। तर हामीसँग भएको कोषहरुको उपयोग गर्न सकिएको छैन,’ उनले भने।-(3)-1742193696.jpg)
काठमाडौं, चैत ४ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा कोषहरुको उपयोग हुन नसकेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउन आम जनतालाई सन्देश दिन खाँचो रहेको भन्दै कोषहरुको उपयोग गर्न नसकिएको बताए।
‘रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरु आम जनतालाई सन्देश दिनुपर्ने त्यतिकै खाँचो छ। तर हामीसँग भएको कोषहरुको उपयोग गर्न सकिएको छैन,’ उनले भने।
अध्यक्ष ढकालले कोषहरुलाई विकास निर्माण, उत्पादनशिल क्षेत्र र रोजगारी सृजना गर्ने क्षेत्रमा जाने हिसाबले अगाडि जान आग्रह गरे।
त्यस्तै नागरिक लगानी कोषका अध्यक्ष सूर्यबहादुर थापाले देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि, पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने आवश्यक देखिएको बताए।