Kathmandu Press

जनकपुरमा एम्बुलेन्सको ठक्करबाट रिक्सा चालकको मृत्यु

जनकपुर न्यूरो हस्पिटलबाट विरामी लिएर काठमाडौं जाँदै गरेको स १ च १३९२ नम्बर एम्बुलेन्सले  लक्ष्मिनियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ई रिक्सालाई रमदैया वाटर पार्क अगाडि ठक्कर दिँदा २४ वर्षीय अर्जुन यादवको घटना स्थलमै मृत्यु भएको छ। 
जनकपुरमा एम्बुलेन्सको ठक्करबाट रिक्सा चालकको मृत्यु

धनुषा, चैत ४ : एम्बुलेन्सको ठक्करबाट एक जना रिक्सा चालकको मृत्यु भएको छ।

जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

Hardik ivf

जनकपुर न्यूरो हस्पिटलबाट विरामी लिएर काठमाडौं जाँदै गरेको स १ च १३९२ नम्बर एम्बुलेन्सले  लक्ष्मिनियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ई रिक्सालाई रमदैया वाटर पार्क अगाडि ठक्कर दिँदा २४ वर्षीय अर्जुन यादवको घटना स्थलमै मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नितेशकुमार सिंहका अनुसार रिक्सामा सवार लक्ष्मिनिया ७ कै २० वर्षीय शिवम साह र सतीश सदा घाइते भएका छन्। घाइतेहरूको रामजानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ।
एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको छ। एम्बुलेन्समा रहेको बिरामीलाई अर्को एम्बुलेन्सबाट काठमाडौं पठाइएको प्रहरी निरीक्षक सिंहले बताए।
 
प्रकाशित मिति: ११:१७ बजे, सोमबार, चैत ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्