Kathmandu Press

विभिन्न स्थानबाट लागुऔषधसहित २० जना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका-३ बाट एक जना, सोही जिल्लाको घोडाघोडी नगरपालिका-७ हरिनगर र चितवनको भरतपुर महानगरपालिका–१२ बाट चार–चार जना, चितवनक खैरहनी नगरपालिका–१० सुर्तनीबाट तीन जनालाई शनिबार साँझ पक्राउ परेका छन्।
विभिन्न स्थानबाट लागुऔषधसहित २० जना पक्राउ

काठमाडौं, चैत ३ : सरकारले प्रतिबन्ध लगाएका विभिन्न किसिमका औषधिजन्य पदार्थ तथा लागुऔषध बोकेको अभियोगमा देशका विभिन्न भागबाट २० जना पक्राउ परेका छन्। 

प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-३ बाट एक जना, सोही जिल्लाको घोडाघोडी नगरपालिका-७ हरिनगर र चितवनको भरतपुर महानगरपालिका–१२ बाट चार–चार जना, चितवनक खैरहनी नगरपालिका–१० सुर्तनीबाट तीन जनालाई शनिबार साँझ पक्राउ गरिएको छ।

Hardik ivf

त्यसैगरी, दाङको घोराही उपमहानगरपालिका–८ स्यानी गाउँबाट एक किशोर, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट एक जना, सोही जिल्लाको बेदकोट नगरपालिका–७ बाट अर्का एक युवक  लागुऔषधसहित पक्राउ परेका छन्। 

रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ सिसैबाट एक जना, मोरङको पथरीशनिश्चरे नगरपालिका–२ गोलचोकबाट चार जना, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट एक जनालाई पक्राउ गरिएको छ। 

अभियुक्तहरूले अवैध रूपमा लागुऔषध खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, ट्रामाडोल र स्पास्पेन ट्याब्लेटलगायत निषेधित वस्तु बोकेका थिए।

प्रकाशित मिति: १७:२२ बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्