आईजीपी कुँवरसहित सोमबारदेखि ९ जना उच्च प्रहरी अधिकृत अवकास हुँदै
आईजीपी कुँवरलाई सोमबार प्रहरी प्रधान कार्यालयबाट बिदाइ गर्ने कार्यक्रम तय भएको छ। कुँवरको बिदाइअघि प्रहरी प्रधान कार्यालयमा आइतबार साँझ रात्रिभोजको आयोजना गरिँदै छ।
काठमाडौं, चैत ३ : प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृतहरू सोमबारबाट अवकास हुने भएका छन्।
कुँवर २०७९ चैत १० गते आईजीपी नियुक्त भएका थिए। उनी ३० वर्षे सेवा अवधि पूरा गरेर सेवानिवृत्त हुन लागेका हुन्।
आईजीपी कुँवरलाई सोमबार प्रहरी प्रधान कार्यालयबाट बिदाइ गर्ने कार्यक्रम तय भएको छ। कुँवरको बिदाइअघि प्रहरी प्रधान कार्यालयमा आइतबार साँझ रात्रिभोजको आयोजना गरिँदै छ।
आइजीपी कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि सोमबारबाटै अवकाशमा जाने छन् । यस्तै, डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि सेवानिवृत्त हुँदै छन्।
कुँवरको अवकाशमा जाने भएपछि नयाँ आईजीपीको बिषयमा चर्चापरिचर्चा शुरु भएको छ । आईजीपीको नियुक्तिलाई लिएर सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्दै छ।
आईजीपीका लागि अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीको प्रतिस्पर्धामा छन्।












