चित्रबहादुर केसीको व्यंग्य– स्याल बौलायो भने सहरतिर पस्छ रे, सरकारको पारा त्यस्तै छ
सांसद केसीले जनताको यत्रो आक्रोश सरकार र व्यवस्थामाथि नै भइरहेको बेला पूर्वविशिष्टहरुको सुविधान बढाउनु ठिक नरहेको उनले बताए।
काठमाडौं, चैत ३ : राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सरकारले पूर्व विशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेकोप्रति आपत्ति जनाएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुकको कमजोर आर्थिक अवस्था हुँदाहुँदै यसरी सेवा सुविधा थप गर्नु उपयुक्त नभएको भन्दै सरकारलाई यसमा गम्भीर भएर सोच्न आग्रह गरे।
‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, लाखौं बेरोजगार नेपाली विदेशको गल्ली भौतारिदा यस्तो बेला सरकारले पूर्वविशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेको छ। यो के गरेको? स्याल बौलायो भने सहरतिर पस्छ भन्ने उखान छ, त्यस्तै भयो,’ उनले भन, ‘यसमा सरकार गम्भीर होस् । यतातिर सरकार अगाडि नबढोस्।’
सांसद केसीले जनताको यत्रो आक्रोश सरकार र व्यवस्थामाथि नै भइरहेको बेला पूर्वविशिष्टहरुको सुविधान बढाउनु ठिक नरहेको उनले बताए।












