Kathmandu Press

संसदमा रघुजी पन्त र ज्ञानेन्द्र शाहीबीच सबालजवाफ 

पन्तले बोल्दै गर्दा सांसद शाहीले बोल्न सभामुख देवराज घिमिरेसँग समय मागेका थिए । एमाले सांसद पन्तले ‘आफ्नो समयमा बोल्नुस्’ भन्दै जवाफ फर्काएका थिए। 
संसदमा रघुजी पन्त र ज्ञानेन्द्र शाहीबीच सबालजवाफ 

काठमाडौं, चैत ३ : नेकपा (एमाले) का सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबीच संसद्मा सबालजवाफ चलेको छ। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा पन्तले राजतन्त्रकालिन घटनाका विषयमा धारणा राख्दा शाहीले नियमापत्ति भन्दै समय मागेका थिए। 

पन्तले संसदमा तत्कालीन राजा वीरेन्द्र शाहले भारतको कोलकातामा विभिन्न स्त्रीसँग सम्बन्ध राखेकोबारे बताए। पन्तले भने अनुसार त्यतिबेला भारतीय प्रधानमन्त्रीले नेपालको राजाको तरिका ठिक नभएको बताएका थिए। 

Hardik ivf

पन्तले बोल्दै गर्दा सांसद शाहीले बोल्न सभामुख देवराज घिमिरेसँग समय मागेका थिए । एमाले सांसद पन्तले ‘आफ्नो समयमा बोल्नुस्’ भन्दै जवाफ फर्काएका थिए। 

पन्तले भने, ‘म इतिहासबाट साबित गर्न सक्छु । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हाउ गरेर आएको जस्तो होइन।’ 

त्यसपछि सांसद शाहीले पन्तले गलत इतिहास सुनाएको बताए । शाहीले बोलेपछि पन्तले आफ्नो बोल्ने समयमा ‘डिटर्ब’ नगर्न भने । पन्तले यसो भनेपछि सांसद शाहीले ‘जे पायो त्यही भन्न मिल्छ ?’ भन्दै प्रश्न गरे।

शाहीले आफुले पढेको इतिहास गलत भए इतिहासको पुस्तक पढाएर साबित गर्न पनि चुनौती दिए। त्यसपछि सभामुख घिमिरेले आफ्नो समयमा बोल्न आग्रह गर्दै पन्तको काटिएको समय थप गरेका थिए। 

थपिएको समयमा पन्तले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाए। पन्तले सत्तापक्ष पनि सडकमा आउन नपरोस् भन्दै चेतावनी दिँदै आफ्नो भनाई टुंग्याएका थिए।


 

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्