Kathmandu Press

ज्ञानेन्द्र शाहीलाई इतिहास पढेर आउन रघुजी पन्तको सुझाव 

उनले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र) कै पालामा नेपालको चुच्चे नक्शा हराएको आरोप लगाए। राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्शामात्रै नभएर लोकतन्त्रपनि हराएको पन्तको टिप्पणी छ।
ज्ञानेन्द्र शाहीलाई इतिहास पढेर आउन रघुजी पन्तको सुझाव 

काठमाडौं, चैत २ : नेकपा एमाले सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन्।

Hardik ivf

‘नेपाल दक्षिण एशियामा गरिब छ। राजाको पालामा पनि त झन गरिब थियो। तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरुको भनेर,’ सांसद पन्तले भने, ‘त्यहाँ हेर्दाखेरी सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यही हो देशभक्ति? देशभक्तिको नमूना यही हो? मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस्।’ 

उनले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र) कै पालामा नेपालको चुच्चे नक्शा हराएको आरोप लगाए। राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्शामात्रै नभएर लोकतन्त्रपनि हराएको पन्तको टिप्पणी छ।

उनले ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्रको पालामा भएका काण्डपनि याद गराए। उनले भने, ‘सभामुखज्यूको पनि गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु, अहिलेको संविधानले राजतन्त्र चिन्दैन। त्यस विषयमा यो संसदभित्र छलफल गर्न पाईँदैन्। राजतन्त्र भनेको विशेषाधिकार हो, संसारको प्रवाह भनेको गणतन्त्र हो।’
यसैगरी उनले राजनीति तथ्यमा, तर्कमा र यर्थाथमा उभिएर गर्योभने मात्र राजनीति टिकाउ हुने बताए।

‘राजनीति तथ्यमा, तर्कमा र यर्थाथमा उभिएर गर्यो भने राजनीति टिकाउ हुन्छ। भ्रमको खेतीले केही समय मानिसलाई झुक्याउन सकिएला, निराशाको खेतीले केही समय मानिसलाई अलमलमा पार्न सकिएला,’ उनले भने, ‘तर सँधै अलमलमा पार्न सकिँदैन। अहिले देशमा भ्रम र निराशाको खेती व्यापक रुपमा चलेको छ।’
 

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्