Kathmandu Press

अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरपालिको निर्देशन 

काठमाडौं, वैशाख १९ : पोखरा महानगरपालिकाले अनलाइन कक्षाहरु बन्द गर्न निर्देशन दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाले सम्पुर....

अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरपालिको निर्देशन 

काठमाडौं, वैशाख १९ : पोखरा महानगरपालिकाले अनलाइन कक्षाहरु बन्द गर्न निर्देशन दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाले सम्पुर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिना नै कक्षा सञ्चालन गर्दा समाजमा थप विकृती निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी तथा अविभावकहरुलाई मानसिक दबाव समेत पर्ने गरेकोले त्यस्ता कक्षाहरु बन्द गर्न निर्देशन जारी गरेको हो ।

Hardik ivf

अनलाइन कक्षाले आवश्‍यक उपकरण नभएका र इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीहरुलाई मानसिक तनाव र अभिभावलाई संकटका समयमा आर्थिक भार पर्ने भएकोले अहिले यस्ता कक्षा सञ्‍चालन बन्द गर्न महानगरले निर्देशन जारी गरेको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिमका लागि गरिएको लकडाउनले स्कूल बन्द भएपछि केहि विद्यालयले अनलाइन कक्षा सञ्चालनमा ल्याएका थिए । 

प्रकाशित मिति: ०७:०४ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्