Kathmandu Press

प्रचण्डको तस्बिर जलाउने विद्यार्थी नेता पक्राउ 

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरेको हो। बमलाई आइतबार चितवनको भरतपुर विमानस्थलबाट पक्राउ गरिएको हो। 
प्रचण्डको तस्बिर जलाउने विद्यार्थी नेता पक्राउ 
हेटौंडामा भएको एक कार्यक्रममा प्रचण्डको तस्बिर जलाउँदै बम।

काठमाडौं, चैत ३ : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने विद्यार्थी नेता पक्राउ परेका छन्।

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरेको हो। बमलाई आइतबार चितवनको भरतपुर विमानस्थलबाट पक्राउ गरिएको हो। 

Hardik ivf

बमलाई काठमाडौं आउने तयारी गरेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

विद्यार्थी नेता बमले मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा प्रचण्डको तस्बिर जलाएको आरोप छ। राप्रपा युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए।

प्रकाशित मिति: १३:२३ बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्