सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ : सांसद कार्की
सांसद कार्कीले सरकार नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको र देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको पनि बताइन्।-1742108672.png)
काठमाडौं, चैत ३ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको आरोप लगाएकी छिन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक आडमा कानुनी विभेद बढेको भन्दै उनले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको बताइन्।
‘देशमा भ्रष्टाचारले जरा गाडेको गाडै छ। राजनीतिक आडमा कानुनी विभेद बढेको छ। न्याय खोज्नेले अन्याय खेप्न परेको छ। जनता महँगी बेरोजगारीको मारमा छन्,’ उनले भनिन्, ‘सरकार कहाँ छ त? जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ।’
सांसद कार्कीले सरकार नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको र देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको पनि बताइन्।
राजावादीको आन्दोलनमा जनता राजा फर्काउन नभई सरकारकै अर्कमण्यता र भ्रष्टाचारले निराशा र दिक्क भएर निस्किएको पनि उनको भनाइ छ।
नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको छ। देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ। सडकमा जनता राजा फर्काउन होइन्। सरकारकै अर्कमण्यता, भ्रष्टाचारले निराशा र दिक्क भएर सडकमा निस्किएका हुन्,’ उनले भनिन्।












