Kathmandu Press

‘पूर्वविशिष्टको सुविधान बढाउने होइन्, राज्यबाट सुविधा लिएका सबैको सुविधा घटाऔं’

‘राज्यलाई भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई थप सुविधा गर्ने कानुन ल्याउँदै छ,’ सांसद ज्वालाले भने, ‘यसप्रति घोर आपत्ति व्यक्त गर्न चाहन्छु। सरकार तत्कालै पछि फर्कियोस्, यो विधेयक संसद्‌मा ल्याउने धृष्टता नगरोस्।’
‘पूर्वविशिष्टको सुविधान बढाउने होइन्, राज्यबाट सुविधा लिएका सबैको सुविधा घटाऔं’

काठमाडौं, चैत ३ : नेकपा एकीकृत समाजवादका सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टहरु सुविधा बढाउने सरकारको तयारी प्रति आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले पूर्वविशिष्टको सेवा बढाउने कानुन ल्याउने विषयमा आपत्ति जनाए। 

‘राज्यलाई भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई थप सुविधा गर्ने कानुन ल्याउँदै छ,’ सांसद ज्वालाले भने, ‘यसप्रति घोर आपत्ति व्यक्त गर्न चाहन्छु। सरकार तत्कालै पछि फर्कियोस्, यो विधेयक संसद्‌मा ल्याउने धृष्टता नगरोस्।’

सरकारलाई पूर्वविशिष्टलाई सेवा सुविधा थप्ने गरी विधेयक सदनमा नल्याउन पनि उनले चेतावनी दिए।

उनले पूर्वविशिष्टहरूको सुविधान बढाउने होइन, राज्यबाट सुविधा लिएकाहरू सबैको सुविधा घटाउन प्रस्ताव गरेका छन्। उनले सांसदहरुकै सुविधा गटाउन पनि प्रस्ताव गरे।

‘राज्यबाट सुविधा लिएकाहरूले पनि सुविधा घटाउने बेला हो। संकटको बेला हो, हामी तयार हुनुपर्छ,’ सांसद ज्वालाले भने, ‘सांसदको सुविधा घटाउने हो भने म तयार छु, हामी सांसद कति तयार छौं, तयार हौं। 

प्रकाशित मिति: १२:१८ बजे, आइतबार, चैत ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्