Kathmandu Press

पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिइनु देशको हितमा छैन : सांसद यादव

उनले मुलुकको आर्थिक अवस्था कमजोर रहेको, भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेको र जनता उपचार नपाएर ज्यान गुमाउने अवस्था देखिइरहेको अवस्थामा पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन नहुने बताए।
पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिइनु देशको हितमा छैन : सांसद यादव

काठमाडौं, चैत ३ : नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनु देशको हितमा नहुने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक अवस्था कमजोर रहेको, भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेको र जनता उपचार नपाएर ज्यान गुमाउने अवस्था देखिइरहेको अवस्थामा पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन नहुने बताए।

Hardik ivf

‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ। विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन लागेको भन्ने समाचार बाहिर आएको छ,’ उनले भने, ‘पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वराष्ट्रिय सभाका अध्यक्ष, पूर्वमन्त्रिपरिषद्का अध्यक्षहरुलाई आजीवन भत्ता, घर भाडा, घर मर्मत खर्च र सवारी साधन, सचिवालयको लागि कर्मचारी र सहयोगी राख्नेसहित कानुनको मस्यौदा बन्दैछ भन्ने बाहिर आएको छ। जबकी मुलुकको आर्थिक अवस्था कमजोर अवस्थामा छ।’

उनले भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताए। उनल सबै नागरीकहरु रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
 

प्रकाशित मिति: १२:०९ बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्