पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेलकौ १५१ रुपैयाँमा मूल्य पर्ने छ।
काठमाडौं, चैत २ : नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ।
नेपाल आयल निगमले पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो।
नयाँ मूल्य शनिबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।
नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेलकौ १५१ रुपैयाँमा मूल्य पर्ने छ।
प्रकाशित मिति: २१:२९ बजे, शनिबार, चैत २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार