Kathmandu Press

कांग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक

श्रेष्ठकी ८९ वर्षीया लीलादेवी श्रेष्ठको शुक्रबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
कांग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक

काठमाडौं, चैत २  : नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ।

श्रेष्ठकी ८९ वर्षीया लीलादेवी श्रेष्ठको शुक्रबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। 

लीलादेवीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: १८:२६ बजे, शनिबार, चैत २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्