Kathmandu Press

शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर 

‘धुवाँको मुस्लो सहित ठुलो वनमा आगो लागेको छ, सहजै नियन्त्रण गर्न सकिने अवस्था छैन,’ उनले भने। 
शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर 

रामेछाप, चैत २ : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। 

शुक्रबार बिहानदेखि जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डढेलो नियन्त्रण बाहिर गएको स्थानीय राजुराम पाठकले जानकारी दिए।

Hardik ivf

शुक्रबार टोकरपुरको छाङ खोला जंगल नजिकैबाट लागेको आगो अहिले शैलुङ तर्फ प्रवेश गरेको छ। आगोले स्थानीय लालीगुराँस, छहारेछाप पाखा, बुढापानी सामुदायिक वनको जंगलमा क्षति पुर्‍याएको छ। 

डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयलगायत स्थानीय परिचालित भएपनि डढेलो नियन्त्रणमा आउन नसकेको छैन।

शनिबार बिहान डढेलो केही नियन्त्रण भएको भए पनि दिउँसोबाट हावा चल्न लागेपछि आगो पुनः सल्किएको पाठकले बताए। ‘धुवाँको मुस्लो सहित ठुलो वनमा आगो लागेको छ, सहजै नियन्त्रण गर्न सकिने अवस्था छैन,’ उनले भने। 

सो डढेलो कसले लगायो भन्नेबारे अझै यकिन हुन सकेको छैन। स्थानीय वन उपभोक्ता समितिको शनिबार बिहान बसेको बैठकले घटनामा संलग्नको खोजीगरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीमा निवेदन गर्ने निर्णय गरेको छ। 

शैलुङको जंगल जैविक हिसाबले निक्कै महत्वको जङ्गल मानिन्छ । विभिन्न जातका गुराँस, सल्लो लगायतका रुख, जडीबुटी र जंगली जनावर पाइने सो जंगलमा आगलागीले ठुलो क्षति हुने भएको छ।
 

प्रकाशित मिति: १७:२३ बजे, शनिबार, चैत २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्