Kathmandu Press

मधेशका मुख्यमन्त्री ‘महामूर्ख’

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरुको प्रसंसा गर्दै उनलाई ठट्टा स्वरुप महामूर्खको उपाधि प्रदान गरिएको हो।
मधेशका मुख्यमन्त्री ‘महामूर्ख’

धनुषा, चैत २ : यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ।

होली पर्वका अवसरमा जनकपुरधाममा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’ को दोस्रो दिन शुक्रबार मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि प्रदान गरेको छ।

Hardik ivf

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरुको प्रसंसा गर्दै उनलाई ठट्टा स्वरुप महामूर्खको उपाधि प्रदान गरिएको हो।

होलीका अवसरमा मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ। 

कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ। 

होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम २०६१ सालदेखि आयोजना भइरहेको छ।

 

प्रकाशित मिति: ११:१५ बजे, शनिबार, चैत २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्