Kathmandu Press

बादल हटेर खुलेको काठमाडौं [फोटो फिचर]

दिनभरि घाम लाग्दा  काठमाडौंको खुलेको छ भने काठमाडौंबाट देखिने हिमशृंखलाहरू पनि देखिएका थिए।
बादल हटेर खुलेको काठमाडौं [फोटो फिचर]

काठमाडौं, चैत १ : केही दिनयता बादलले ढाकेको काठमाडौं शुक्रबार खुलेको छ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण बिहीबारसम्म काठमाडौंको आकाश डम्म बादलले ढाकेको थियो।

बिहान अबेरसम्म घाम देख्न मुस्किल हुन्थ्यो। दिउँसोको समयमा मलिनो घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहँदा फागुन सकिँदासम्म काठमाडौंमा केही चिसो महशुस गरिएको थियो। 

होलीको दिन बिहीबार काठमाडौंका विभिन्न स्थानमा वर्षा नै भयो। वर्षाका कारण होली नै बिथोलिएको थियो।

शुक्रबार भने बिहानैदेखि काठमाडौंको आकाशबाट बादल हटेर घाम लाग्यो। 

दिनभरि घाम लाग्दा  काठमाडौंको खुलेको छ भने काठमाडौंबाट देखिने हिमशृंखलाहरू पनि देखिएका थिए।

चैत लागेसँगै जाडो सिजन सकिएर गर्मी हुने क्रम सुरू हुन्छ। प्रिमनसुन पनि सुरू हुने भएकाले घाम लाग्ने र पानी पर्ने क्रम सुरू हुन्छ।

हेर्नुस खुलेको काठमाडौं:

clear-kathmandu--(11)-ink-1741960493.jpeg

clear-kathmandu--(13)-ink-1741960504.jpeg

clear-kathmandu--(14)-ink-1741960504.jpeg

clear-kathmandu--(12)-ink-1741960493.jpeg

clear-kathmandu--(17)-ink-1741960712.jpeg

clear-kathmandu--(8)-ink-1741960487.jpeg

clear-kathmandu--(15)-ink-1741960520.jpeg

clear-kathmandu--(10)-ink-1741960487.jpeg

clear-kathmandu--(16)-ink-1741960546.jpeg

clear-kathmandu--(7)-ink-1741960487.jpeg

clear-kathmandu--(9)-ink-1741960487.jpeg

clear-kathmandu--(4)-ink-1741960474.jpeg

clear-kathmandu--(3)-ink-1741960474.jpeg

clear-kathmandu--(5)-ink-1741960486.jpeg

clear-kathmandu--(6)-ink-1741960486.jpegसबै तस्वीर: टार्जन लिम्बु / नेपाल न्यूज बैंक

प्रकाशित मिति: १९:४६ बजे, शुक्रबार, चैत १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्