Kathmandu Press

पूर्वविशिष्टको सुविधाबारे बेकारको हल्ला फिँजाइयो : उपप्रधानमन्त्री सिंह 

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाहिर भनिए जस्तो पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेको दाबी गरेका छन् ।
पूर्वविशिष्टको सुविधाबारे बेकारको हल्ला फिँजाइयो : उपप्रधानमन्त्री सिंह 

काठमाडौं, चैत १ : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाहिर भनिए जस्तो पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेको दाबी गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमा मन्त्री सिंहले यस्तो दाबी गरेका हुन्।

सिंहले यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले बेकारको हल्ला फिँजाइएको दाबी समेत गरे ।

उपप्रधानमन्त्री सिंहले भने, ‘०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो । अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी गरेको छैन ।’ 

सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त गरेको बताउँदै कसैले किस्तीमा राखेर नदिएको भनाइ राखे ।

उनले प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको पनि बताए । फरक प्रसङगमा उनले गुट–उपगुट छोडेर एकताबद्ध हुन सके कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने जिकिर समेत गरे । 

 

प्रकाशित मिति: १९:२२ बजे, शुक्रबार, चैत १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्