कलंकीको सडकमै युवकमाथि खुकुरी प्रहार, एक जना पक्राउ
काठमाडौंको कलंकीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।
काठमाडौं, चैत १ : काठमाडौंको कलंकीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।
बिहीबार साँझ अन्दाजी ६ बजे काठमाडौं महानगरपालिका-१४ कलंकीको सीता पेट्रोल पम्प नजिकको सडकमा खुकुरी प्रहार भएको थियो।
साँझ दुई युवकबीच विवाद भएपछि एकजनाले खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट मोरङको कटारी गाउँपालिका-४ घर भई हाल कालीमाटी बस्ने ३० वर्षीय सुवास राई घाइते भएका थिए।
उनीमाथि नुवाकोटको दुईपिपल देउराली-३ घर भई बाफल बस्ने २० वर्षीय सुशिल तामाङले खुकुरी प्रहार गरेका थिए।
तामाङलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको काठमाडौं प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए।
अनुसन्धानका लागि शुक्रबार काठमाडौं जिल्ला ५ दिनको म्याद थप भएको उनले बताए।
प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार