Kathmandu Press

महिला टी–२० क्रिकेट : नेपालले हङकङलाई ५ विकेटले हरायो 

नेपालले १०५ रनको विजयी लक्ष्य १९.३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्यो।
महिला टी–२० क्रिकेट : नेपालले हङकङलाई ५ विकेटले हरायो 

काठमाडौं, चैत १ : युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनाएको थियो।

नेपालले १०५ रनको विजयी लक्ष्य १९.३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्यो।

Hardik ivf

नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन्। उनले ४३ बल खेल्ने क्रममा तीन चौका हानिन्।

यस्तै पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाइन्।

बलिङतर्फ हङकङकी मेहकदीप कौर र लिया वाङ कीले एक एक विकेट लिइन् ।

यसअघि हङकङका लागि १०४ रन बनाउने क्रममा शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन्।

उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन्।

त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् । 

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, चैत १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्