सरकारले पुनः ‘नो केबलकार’ समूहलाई वार्तामा डाक्यो
सरकारले शुक्रबार पुनः वार्ताका लागि आह्वान गरेको हो। गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको छ।
काठमाडौं, चैत १ : सरकारले ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणविरुद्ध आन्दोलनमा उत्रिएको समूहलाई पुनः वार्ताका लागि आह्वान गरेको छ।
सरकारले शुक्रबार पुनः वार्ताका लागि आह्वान गरेको हो। गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको छ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजकत्वको सरकारी वार्ता टोलीले वार्ता र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान गर्ने भन्दै वार्ताको आह्वान गरेको हो ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नो कबेबलकार’ समूहलाई वार्तामा बोलाइएको छ । सरकारी वार्ता टोलीले गत माघ २२ गतेदेखि आन्दोलनरत समूहसँग दुईपटक छलफल गरिसकेको छ। तर अहिलेसम्म वार्ता भने सफल हुन सकेको छैन।
आन्दोलनरत पक्षले पाथीभरा मुकुम्लुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै ‘नो केबलकार’ को नाममा आन्दोलन गरिरहेका छन् । गत कात्तिक २४ गते केबलकार निर्माणको शिलान्यास भइसकेको छ।