Kathmandu Press

एमालेको सचिवालय बैठक चैत ४ गते बस्ने

केन्द्रीय सचिवालय बैठक चैत ४ गते सोमबार १ बजे बस्ने तय भएको हो। 
एमालेको सचिवालय बैठक चैत ४ गते बस्ने

काठमाडौं, चैत १ : नेकपा एमालेले चैत ४ गतेका लागि केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

केन्द्रीय सचिवालय बैठक चैत ४ गते सोमबार १ बजे बस्ने तय भएको हो। 

सचिवालय बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, सरकारका कामकारबाही, समसामयिक राजनीतिक विषयवस्तु लगायतका विषयमा छलफल हुने भएको छ। 

बैठक एमाले अध्यक्ष एवम् प्रधमनमन्त्रीको उपस्थितिमा पार्टी कार्यालय ललितपुरको च्यासलमा बस्नेछ।
 

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, चैत १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्