Kathmandu Press

बद्री पहाडी समाजसेवा पुरस्कार अभियन्ता पदम सुन्दासलाई

२००२ सालमा भोजपुरमा जन्मिएका सामाजिक न्यायका प्रखर अभियन्ता पदम सुन्दासले बहराइनका लागि नेपालको राजदुतका रुपमा २०७४ देखि ७८ सम्म चार वर्ष कार्य गरेका छन्। 
बद्री पहाडी समाजसेवा पुरस्कार अभियन्ता पदम सुन्दासलाई

काठमाडाैं, चैत १ : मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१’ अभियन्ता पदम सुन्दासलाई प्रदान गरिने भएको छ। 

सामाजिक न्यायका लागि विशिष्ट योगदान पु¥याएको भन्दै मानव अधिकार तथा शान्ति समाजको पुरस्का  छनोट समितिले सुन्दासलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशी १ लाख १० हजार रुपैयाँ रहेको छ।  

२००२ सालमा भोजपुरमा जन्मिएका सामाजिक न्यायका प्रखर अभियन्ता पदम सुन्दासले बहराइनका लागि नेपालको राजदुतका रुपमा २०७४ देखि ७८ सम्म चार वर्ष कार्य गरेका छन्। 

सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन संयन्त्र) को रुपमा समेत भूमिका निर्वाह गरिसकेका छन्। 

सामाजिक न्यायका लागि क्रियाशील एक दर्जन बढी संस्थामा आवद्ध सुन्दासले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए।

उनले सामाजिक न्यायको खातिर अनसन लगायत विभिन्न संघर्षहरुमा योगदान गर्नुका साथै २०७२ सालमा दलितमैत्री संविधानको लागि तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका निर्वाह गरेका थिए। 

नेपाल सरकार स्थानीय विकास मन्त्रालय, उपेक्षित उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको रुपमा समेत सेवा गरेका सुन्दास नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको २० वर्ष सम्म अध्यक्ष, नेपाल उत्पीडित दलित जातीय मुक्त समाज, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको उपाध्यक्षका रुपमा समेत कार्य गरेका छन्। 
 

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, चैत १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्