कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति
उनले विभिन्न देश वा समुदायका संगीत, चलचित्र, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउने बताइन्।-1741947258.png)
काठमाडौं, चैत १ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्ने बताएकी छन्।
शुक्रबार हिमवत्खण्ड कला साहित्य, संस्कृति सम्मेलनमा बोल्दै उनले विभिन्न देश वा समुदायका संगीत, चलचित्र, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउने बताइन्।
‘विभिन्न देश वा समुदायका संगीत, चलचित्र, पुस्तक, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउँछ। कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्छ। जसले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ,’ उनले भनिन्।
पूर्वराष्ट्रपति भण्डारीले हिमवत्खण्ड अन्तर्गत नेपालसहित भारत, सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुले हाम्रा समुदायका साझा भाषा,संस्कृति, धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गरेको बताइन्।
उनले हिन्दु, किँरात, बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषिहरुको जिवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको समेत बताइन्।

-1786106234.jpg)




-1786106234.jpg)




