Kathmandu Press

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न आयोगका उपाध्यक्षसहित पदाधिकारीलाई निर्देशन दिए।
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, चैत १ : प्रधानमन्त्री केपी ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्।

शुक्रबार योजना आयोगको कार्यसम्पादन र भावी कार्यदिशाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्।

Hardik ivf

ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न आयोगका उपाध्यक्षसहित पदाधिकारीलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठुला उत्पादन र लगानी वृद्धि गर्न पनि निर्देशन दिएका छन् । उनले आयोगका पदाधिकारीसँगको छलफलकाक्रममा उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्ने पनि बताए।

‘गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ। मन्त्रालयहरूलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ। उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि सुझाएका थिए।

 

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, चैत १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्