पूर्वविशिष्टलाई आजीवन सुविधाप्रति नेता डा.कोइरालाको आपत्ति
उक्त कदमलाई ‘विनास काले विपरित बुद्धि’ भन्दै कोइरालाले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन्।
काठमाडौं, चैत १ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राज्यका पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेको बिषयमा आपत्ति जनाएका छन्।
नेता कोइरालाले पूर्वविशिष्टलाई हाल दिइएको सुविधा नै घटाउन आवश्यक रहेको पनि बताएका छन् । सामाजिक सञ्जालमार्फत् धारणा राख्दै नेता डा.कोइरालाले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।
उनले यस्ता कामले व्यवस्था र दलहरूको हित नगर्ने भन्दै खवरदारी पनि गरे। उक्त कदमलाई ‘विनास काले विपरित बुद्धि’ भन्दै कोइरालाले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन्।
‘सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा, यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन,’ नेता कोइरालाले लेखेका छन्, ‘सरकार, यस्ता काम अघि नबढाऊ, बरु अहिले दिइएको सुविधा पनि घटाऊ।’












