Kathmandu Press

प्रधानमन्त्रीले बाेलाए राजनीतिक संयन्त्रको बैठक 

आज साँझ ५ः३० बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी राजनीतिक संयन्त्रको बैठक डाकिएको हो। 
प्रधानमन्त्रीले बाेलाए राजनीतिक संयन्त्रको बैठक 

काठमाडौं, चैत १ : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकेका छन्।

आज साँझ ५ः३० बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी राजनीतिक संयन्त्रको बैठक डाकिएको हो। 

उक्त संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छन्। 

पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा समिक्षा गर्न संयन्त्रको बैठक डाकिएको जनाइएको छ। 
 
प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, चैत १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्