Kathmandu Press

तोलामा चार हजार बढ्दै सुनको मूल्यले बनायो कीर्तिमान

शुक्रबार सुनको मूल्य तोलामै चार हजार रुपैयाँले बढेको छ। योसँगै नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको छ।
तोलामा चार हजार बढ्दै सुनको मूल्यले बनायो कीर्तिमान

काठमाडौं, चैत १ : सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको छ।

शुक्रबार सुनको मूल्य तोलामै चार हजार रुपैयाँले बढेको छ। योसँगै नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको छ। यो अलिहेसम्मै उच्च मूल्य हो।

अमेरिकी डलरको मूल्यवृद्धि, अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रुपैयाँ कायम भएको छ ।


 

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, चैत १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्