Kathmandu Press

जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना घाइते

शुक्रबार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना भएको हो।
जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना घाइते
दुर्घटनाका घाइतेलाई उपचारको लागि अस्पताल लगिँदै।

धनुषा, चैत १ :  जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ।

शुक्रबार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना भएको हो।

सो दुर्घटनामा २० जनाभन्द बढी यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका बताएका छन्। 

उनका अनुसार घाइतेलाई उपचारको लागि नजिकको अस्पतालहरूमा लगिएको छ। घाइतेको एकिन संख्या भइनसकेको उनले बताए।

१५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रु बस चढेर फर्किरहेका थिए। अधिकांश यात्रु सिरहाका रहेको प्रहरी निरिक्षक यादवले बताए।
 
प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, चैत १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्