Kathmandu Press

समाजवादी मोर्चाले चैत १५ गते वृहत् जनसभा गर्ने 

एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ।
समाजवादी मोर्चाले चैत १५ गते वृहत् जनसभा गर्ने 

काठमाडौं, चैन १ : विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ।

आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले बताए।

Hardik ivf

‘१५ गतेको वृहत् प्रदर्शनको कुरा छ, हजारौँ जनताको सहभागितालाई सुनिश्चित गर्ने र अहिले जसरी प्रतिगामी कदम र हर्कतहरु भइरहेका छन्, त्यसलाई असफल गर्ने गरी १५ गतेको कार्यक्रमलाई सम्पन्न गर्ने निर्णय भएको छ,’ उनले भने, ‘संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ।’

एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ। दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने समेत उनले बताए।

दुवै कार्यक्रम कुपण्डोलको हिमालयन होटेलमा हुने उनले बताए। 
 

प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, चैत १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्